|

काठमाडौं : पछिल्लो समय कोरोना संक्रमित बढेसँगै आइसियू र भेन्टिलेटरमा पुग्ने संक्रमितको पनि संख्या बढ्दै गएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरणअनुसार हाल देशभर ४३ जना संक्रमित भेन्टिलेटरमा र एक सय ४८ जना संक्रमित आइसियूमा उपचाररत छन्।

मन्त्रालयको विवरणअनुसार हाल प्रदेश १ मा ८ जना संक्रमित आइसियूमा र एक जना भेन्टिलेटरमा, प्रदेश २ मा सात जना आइसियूमा, बाग्मती प्रदेशमा ७१ जना आइसियूमा र २७ जना भेन्टिलेटरमा, गण्डकी प्रदेशमा ४ जना  इसियूमा र एक जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ४० जना आइसियूमा र १० जना भेन्टिलेटरमा, कर्णाली प्रदेशमा ७ जना आइसियूमा र २ जना भेन्टिलेटरमा र सुदूरपश्चिम प्रदेशमा ११ जना आइसियुमा र २ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ। 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.