|

काठमाडौं : घरमा राखेको मोटरसाइकल चोरी गर्ने तीन जनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ। तारकेश्वखर नगरपालिका–६ पैयुटारस्थित एक घरमा पार्किङमा राखेको मोटरसाइकल चोरी गर्ने तीन जनालाई मोटरसाइकलसहित महानगरीय ट्राफिक प्रहरी महाशाखाले सोमबार नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा नुवाकोट पञ्चकन्या गाउँपालिका– ४ घरभई तारकेश्वर नगरपालिका–९ बस्ने २० वर्षीय नमराज अधिकारी, २२ वर्षीय रामचन्द्र अधिकारी र नुवाकोट तादी गाउँपालिका–३ घरभई तारकेश्वर –९ बस्ने १९ वर्षीय रामचन्द्र थापा रहेको महाशाखाले जनाएको छ।

महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले तारकेश्वर–१० वडा कार्यालय शुभकामना चोकस्थित सडक खण्डमा बास्तबिक नम्वरप्लेटका साथै स्वरूप समेत परिवर्तन गरी बा ८८ प ६७१६ नम्बर प्लेट प्रयोग गरेर चलाइरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जानकारी दिए।

उक्त मोटरसाइकलको बास्तविक नम्बर बा ९५ प ३३३५ नम्बर हो। उक्त मोटरसाइकल चैत्र २७ गते तारकेश्वर– ६, पैयुटारबाट हराएको महाशाखामा उजुरी परेको थियो। पक्राउ परेको मोटरसाइकलसहित तीनै जनालाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी बृत्त गौशालामा पठाएको महाशाखाले जनाएको छ।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.