|

म्याग्दी : अन्नपूर्ण हिमालको सफल आरोहण गर्ने पहिलो नेपाली महिलाको कीर्तिमान बनाएकी पत्रकार पूर्णिमा श्रेष्ठको टोलीलाई म्याग्दीमा आज भव्य सम्मान गरिएको छ। 

८ हजार ९१ मिटर अग्लो हिमाल आरोहरण गर्ने उनी र उनको टिमलाई गाउँपालिका, नारच्याङबासी र नेपाल पत्रकार महासंघ म्याग्दीले बेनीमा सम्मान गरेको हो। श्रेष्ठसहित पेम्वा शेर्पा, पोल्याण्डका यारोलाई सम्मान गरिएको थियो।

 

नेपाल पत्रकार महासंघ म्याग्दीले आयोजना गरेको सम्मान कार्यक्रममा श्रेष्ठले आत्मविश्वासले अन्नपूर्णको चुचुरोमा पाइला राख्न सफल भएको बताइन्। साहसले नै सफल आरोहण भएको उनले अनुभव बाँडिन्। यो सफल यात्रामा सहयोग गर्ने गण्डकी प्रदेश, म्याग्दीको अन्नपूर्ण गाउँपालिकालगायत सबै सहयोगीलाई उनले धन्यवाद दिएकी थिइन्।

अगष्ट १६ तारिखमा ६ जना नेपाली महिलासँगै ६७ जना अन्नपूर्णको चुचुरोमा पुगेका थिए। 

सेभेन समिट ट्रयाकबाट १७ जनाको टोलीमा १५ जनाले सफल आरोहण गरेका थिए। श्रेष्ठसहितको टोलीले शुक्रबार अन्नपूर्ण हिमालको सफल आरोहण गर्दै कीर्तिमानी बनाएकी हुन्। 

पत्रकार श्रेष्ठसहित दावा याङजुम शेर्पा, पासाङ ल्हामु शेर्पा, माया शेर्पा, शर्मिला शेङताङ र डावुटी शेर्पासहित ६ जना महिला अन्नपूर्णको चुचुरोमा पुगेर फर्किएका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.