|

सल्यान : कुमाख गाउँपालिका-३ मा रहेको रातपहरा सामुदायिक वनमा लागेको डढेलो राम्रीमा पस्दा पाँच घरगोठ जलेको छ। वनमा लागेको डढेलो सोमबार दिउँसो राम्रीको गाउँमा पसेको थियो । 

आगोले नन्दराम वलीको १ घर र १ गोठ, क्षेत्रबहादुर वलीको १ घर र १ गोठ होतिराम वलीको १ गोठ पूर्ण रूपमा जलेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले जानकारी दिए।

आगलागीबाट घरमा रहेको अन्नपात, लत्ताकपडा, गरगहना, नगद गरी करिब २० लाख २० हजार रुपैयाँ बराबरको क्षति भएको पौडेले बताए। बस्तीमा पसेको आगो प्रहरी, स्थानीयको सहयोगमा नियन्त्रणमा आएको छ।

लामो समयको खडेरीका कारण सल्यानका अधिकांश वनहरूमा अहिले डढेलो लागिरहेको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.