|
फाइल फोटो ।

काठमाडौं : काठमाडौंमा जारी त्रिदेशीय क्रिकेट सिरिजमा आज नेपाल र नेदरल्याण्ड्सबीच खेल हुँदैछ।

पहिलो खेलमा नेदरल्याण्ड्सलाई ९ विकेटले पराजित गरेको नेपाल आज पनि बलियो मनोबलसहित मैदान उत्रिन लागेको हो। नेपाल र नेदरल्याण्ड्सबीचको खेल त्रिवि मैदान, कीर्तिपुरमा दिउँसो सवा १ बजेदेखि शुरू हुनेछ।

यसअघि नेपालले नेदरल्यान्ड्सविरुद्ध पहिलो र मलेसिया विरुद्धको दोस्रो खेलमा समान ९ विकेटको जित निकालेको थियो। नेपालले ४ अंक जोडिसकेको छ भने नेदरल्याण्ड्सले आफ्ना दुई खेल सकिँदा २ अंक मात्र जोडेको छ।

मलेसियाले आफ्ना दुबै खेल गुमाएको छ। नेपाल आजको खेलमा पनि विजयी भए फाइनल प्रवेश गर्ने छ। डबल राउण्ड रोबिन लिगका आधारमा जारी खेलमा अंक तालिकाका शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। यसैबीच आजको खेलमा दर्शकहरू सहभागी हुन नपाउने भएका छन्।

सरकारले हिजो २५ जनाभन्दा बढी भेला हुन नपाउने निर्णय गरेसँगै नेपाल क्रिकेट संघ क्यानले त्रिदेशीय सिरिजका बाँकी खेलमा दर्शकलाई प्रवेश निषेध गर्ने निर्णय गरेको सचिव अशोकनाथ प्याकुरेलले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.