|

कोरोना (कोभिड–१९) महामारीको दोस्रो लहरमा लपेटिएको भारतमा पछिल्लो २४ घण्टाभित्र यसअघिका रेकर्ड तोडिनेगरी मानवीय हताहती भएको छ। 

त्यहाँको केन्द्रीय स्वास्थ्य मन्त्रालयले एकैदिन १ हजार ७६१ जना संक्रमितको मृत्यु भएको र थप २ लाख ५९ हजार १७० संक्रमित पहिचान भएको तथ्यांक अद्यावधिक गरेको छ। 

योसँगै भारतमा अहिलेसम्म १ करोड ५३ लाख २१ हजार ८९ जनालाई कोरोना संक्रमण भएको छ। १ लाख ८० हजार ५३० संक्रमितको ज्यान गएको छ। अहिले त्यहाँ २० लाख ३१ हजार ९७७ जना सक्रिय संक्रमित छन्। 

१ अर्ब ३० करोड हाराहारी जनसंख्या भएपनि भारतमा अहिलेसम्म १२ करोड ७१ लाख जनालाई मात्रै कोरोना विरुद्धको खोप दिइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.