|

दाङ : तुलसीपुर उपमहानगरपालिकाका वडाध्यक्षसहित ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही र नेसनल प्याथ ल्याबमा गरिएको पिसिआर परीक्षणमा उनीहरूमा संक्रमण पुष्टि भएको हो।

उपमहानगरपालिकाका कोरोना फोकल पर्सन विमल केसीका अनुसार वडा नम्बर ६ का वडा अध्यक्षलाई संक्रमण भएको हो। उनी होम आइसोलेसनमा  छन्। उनले कोरोनाविरुद्धको पहिलो खोप लगाइसकेका छन्।

त्यस्तै‚ संक्रमित हुनेहरुमा वडा नम्बर ६ का पाँच,  वडा नम्बर ५ का दुई, वडा नम्बर ७ का दुई, वडा नम्बर ११ का एक र वडा नम्बर ८ का एक जना रहेका छन्। तीमध्ये तीन महिला र आठ पुरुष हुन्। संक्रमण  पुष्टि  हुनेमा २१ देखि  ५८ वर्ष समूहका छन्। यससँगै तुलसीपुरमा कोरोना सक्रिय संक्रमित संख्या  ७६ जना पुगेको छ। हालसम्म संक्रमित  संख्या  ९२१ जना पुगेको छ। मृत्यु हुने संख्या  २५ पुगेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.