|

धनगढी : कोरोना भाईरस (कोभिड–१९)को बढ्दो जोखिमलाई मध्यनजर गर्दै भूमिसुधार तथा मालपोत कार्यालय कैलालीले स्थानीय तहका नागरिकलाई सेवा दिन छुट्टाछुट्टै बार तोकेको छ।

कोरोना संक्रमण जोखिमलाई ध्यानमा राख्दै बारअनुसार सेवा तोकिएको मालपोत कार्यालयले जनाएको छ। 

अन्य विभिन्न सेवाका लागि पनि बार तोकिएको छ। कोभिड –१९ को संक्रमण रोकथामका लागि धनगढी उपमहानगरपालिका, चुरे गाउँपालिका र मोहन्याल गाउँपालिकाका नागरिकले आइतबार र सोमबार कार्यालयबाट सेवा पाउनेछन्। मंगलबार र बुधबार गौरीगंगा नगरपालिका, गोदावरी नगरपालिका र भजनी नगरपालिकाका नागरिकलाई सेवा दिइने कार्यालयले जनाएको छ।

घोडाघोडी नगरपालिका, बर्दगोरिया गाउँपालिका र कैलारी गाउँपालिकाका नागरिकले बिहीबार र शुक्रबार सेवा पाउने भएका छन्। यसैगरी मुद्धा फाँटसँग सम्बन्धित कार्यका लागि धनगढीवासीले आइतबारदेखि मंगलबारसम्म सम्पर्क राख्न सक्नेछन् भने बुधबारदेखि शुक्रबारसम्म अन्य स्थानीय तहका नागरिकलाई सेवा दिइने भूमिसुधार तथा मालपोत कार्यालयले बताएको छ।

कार्यालयमा सेवा लिन आउने सेवाग्राहीले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी अनिवार्य मास्कको प्रयोग गर्नुपर्ने बताइएको छ। 

कैलालीमा पछिल्लो समय कोरोना संक्रमण हुने दर उच्च रहेको छ। विद्यालय बन्द भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.