|

काठमाडाैं : नेपालले त्रिकोणात्मक टी-ट्वेन्टी क्रिकेटमा नेदरल्याण्डसँगको दोस्रो खेल गुमाएको छ। नेपाल ३ विकेटले पराजित भयो।   

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २ सय ६ रन बनाएको थियो। यो लक्ष्य नेदरल्याण्डसले १९.३ ओभरमा भेट्टायो।  

नेपालका लागि ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले सर्वाधिक ६१ रनको योगदान गरे पनि हार टार्न सकेनन्। त्यस्तै दीपेन्द्र सिंह ऐरीले ३० बलमा ६० रन बनाए। अन्य ब्याटसम्यानले खासै गतिलो प्रदर्शन गर्न सकेनन्। कप्तान ज्ञानेन्द्र मल्ल १४ बलमा २० रन बनाएर आउट भए। 

आजको खेलमा नेदरल्याण्डसका ब्याटसम्यानसामु नेपाली बलर निरीह साबित भए। नेदरल्याण्डसलाई जिताउन आज बास डी लिडले सर्वाधिक ८१ रन बनाए। उनले ४२ बल खेल्दै ७ चाैका र ५ छक्का प्रहार गरे। उनी नट आउट रहे। त्यस्तै बिन कोपरले ३५ बलमा ५५ रन बनाए। 

नेपालका सन्दीप लामिछानेले ४ विकेट लिए। तर उनी महँगो साबित भए। चारै ओभर बलिङ गरेका उनले ४८ रन दिए। करन केसी, अभिनास बोहोरा र कुशल मल्लले समान एक/एक विकेट लिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.