|

अर्घाखाँची : कपिलवस्तुमा बस ट्रक एक आपसमा ठोक्किदा  मंगलबार एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परि २१ जना घाइते भएका छन्। मृत्यु हुनेमा बस चालक कपिलवस्तु बाणगंगा नगरपालिका–२ का २९ वर्षीय कृष्ण कुँवर रहेका छन्।

पूर्व पश्चिम सडकखण्ड अन्तर्गत  कपिलवस्तुको बुद्धभुमि–९ चम्पापुरको जङगलमा बुटवलबाट कृष्णनगर जाँदै गरेको लु १ ख ५६८४ नम्बरको बस र विपरित दिशाबाट आउँदै गरेको ना ४ ख ३०१२ नम्बरको ट्रक एक आपसमा ठोक्किदा गम्भीर घाइते भएका कुँवरको चौराहा अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय गोरूसिङगेका प्रहरी निरीक्षक कृष्ण रानाले जानकारी दिए।

दुर्घटनामा कपिलवस्तु बुद्धभुमि–४ की २१ वर्षीया सुमित्रा कुमाल, बुद्धभुमि–२ का ५० वर्षीय मुसे थारू, बाणगंगा नगरपालिका–८ का ४५ वर्षीय बिष्णु बन्जाडे, बुद्धभुमि –४ का ३६ वर्षीय साबित्रा कुँवर र रूपन्देही सैनामैना–३ का ४५ वर्षीय ट्रक चालक नारायण चौधरीको चौराहा अस्पताल बुटवलमा उपचार भइरहेको छ। तर, उनीहरूको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ। अन्य घाइहरूको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।   

बसको क्याबिनमा बसेका र गाडीमा अड्किएका चालकको टोचन प्रयोग गरि उद्दार गरिएको थियो। ट्रकमा एक जना र बसमा २१ जना सवार रहेको प्रहरीले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.