|

काठमाडौं : नेपाली पौडीबाज गौरिका सिंह एसियाकै प्रभावशाली युवतीको सूचीमा परेकी छन्। अमेरिकी म्यागजिन फोर्ब्सले मंगलबार ‘फोर्ब्स थर्टी अन्डर थर्टी एसिया २०२१’ मा परेका प्रभावशाली युवाहरुको सूची सार्वजनिक गरेको छ।

सो प्रभावशाली युवाहरूको सूचीमा गौरीका ‘इन्टरटेन्मेन्ट एन्ड स्पोर्ट्स’ तर्फ एसियाकै प्रभावशाली ३० युवामा परेकी हुन्। एसियामा यस क्षेत्रमा सबैभन्दा धेरै उपलब्धी हासिल गरेका ३० वर्षमुनिका ३० जनामध्ये गौरिका पनि छानिएकी हुन्।

यो सूचीका लागि कूल तीन सय जना मनोनयनमा परेका थिए। फोर्ब्सले लेखेको छ,‘गौरिका सिंह ९ वर्ष भएदेखि नै पौडीमा छिन् र १२ वर्षदेखि नै नेपालको लागि प्रतिस्पर्धा गरिरहेकी छन्। दक्षिण एसियाली खेलकुद २०१९ मा चार स्वर्ण, दुई रजत र तीन कांस्यपदक जितिन्। उनी रियो ओलम्पिक २०१६ मा सबभन्दा कम उमेरकी खेलाडी थिइन्। उनी टोकियो ओलम्पिक २०२० लाई पनि छनोट भएकी छन्, जुन स्थगित भएर जुलाई–अगस्ट २०२१ मा हुदैछ। पौडीबाहेक उनी समाजसेवामा पनि संलग्न छिन्। उनी गैरनाफामूलक संस्थाहरू माइती नेपाल र शान्ति एजुकेसन इनिसिएटिभकी सद्भावना दूत हुन्।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.