|

काठमाडाैं : नेकपा एमालेकी नेतृ एवं सांसद रामकुमारी झाँक्रीले पार्टीले सांसद पदबाट हटाउनेगरी कारबाही गरे अदालत जाने बताएकी छन्। 

पार्टीले स्पष्टीकरण सोधेपछि नेता माधवकुमार नेपाल पक्षीय सांसदहरु मंगलबार काठमाडौंको बानेश्वरमा आकस्मिक रुपमा भेला भई छलफल गरेपछि पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै नेतृ झाँक्रीले अवैधाकि तरिकाले बसेको बैठकको निर्णयअनुसार स्पष्टीकरण सोधिएको र सोहीअनुसार कारबाही गरे राजनीतिक, वैधानिक र कानूनी लडाइँ लड्ने बताइन्। 

पार्टीबाट सांसद पद हट्नेगरी कारबाही गरिए के गर्नुहुन्छ भन्ने सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै नेतृ झाँक्रीले अदालतमा जाने बताइन्। प्रधानमन्त्री ओलीले संसद विघटन गर्दा त्यसविरुद्ध अदालत गएर सच्याएको र आफूहरुमाथि कारबाही भए त्यसविरुद्धमा पनि अदालत जाने बताइन्।

‘हामी संसदीय दलभित्र लडछौं, अदालतसम्म पुग्छौं किनभने प्रतिनिधिसभा पुनस्थापनाको मुद्दा पनि हामी अदालतमा गएर प्रधानमन्त्रीको प्रतिनिधिसभा विघटन गर्ने निर्णय खारेजी गराएको हो नि त,’ उनले भनिन्।

यो पनि 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.