|

दाङ : दाङमा हायस (माइक्रो बस) ले मोटरसाइकललाई ठक्कर दिँदा छोराको मृत्यु भएको छ भने बुवाआमा घाइते भएका छन्।

मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–६ मोतिपुर निवासी ८ वर्षीय बालक स्पर्श आचार्य रहेका इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ। मृतक बालकका बुवा ३९ बर्षीय सुदिप आचार्य र आमा २८ बर्षकी पार्वता आचार्य घाइते भएको इप्रका तुलसीपुरका प्रमुख डिएसपी शिव बहादुर सिंहले जानकारी दिए।

मंगलबार बेलुका साढे ५ बजेतिर पश्चिम दाङको सीतापुरबाट तुलसीपुर आउँदै गरेको रा५प ५६०४ नम्बरको मोटरसाइकललाई तुलसीपुरबाट हापुरे जाँदै गरेको भे१ज १००२ नम्बरको हायसले बबई गाउँपालिका ६ पञ्चकुलेको ओरालोमा ठक्कर दिएको थियो।

बालकलाई उपचारका लागि तुलसीपुर ल्याउँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते दुबैको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

उनीहरुको अवस्था मध्यम रहेको अस्पतालले जनाएको छ। साथै गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.