|

चितवन : पूर्वी चितवनको राप्ती नगरपालिकामा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा राप्ती-३ झुरझुरेकी ७२ वर्षीया मेनुका ओली रहेको इलाका प्रहरी कार्यालय भण्डाराले जनाएको छ।

पूर्व–पश्चिम लोकमार्गमा लोथरबाट खैरहनीतर्फ आउँदै गरेको बा ३ च २१८७ नम्बरको जिपले झुरझुरेमा पैदलयात्री ओलीलाई ठक्कर दिएको थियो। ठक्करबाट घाइते ओलीको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मंगलबार राति करिब साढे १२ बजे मृत्यु भएको हो।

जिपले ओलीलाई मंगलबार ङ्गलबार साँझ साढे ६ बजे ठक्कर दिएको थियो। ठक्कर दिने जिप र चालक प्रहरीको नियन्त्रण लिएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.