|

जर्ज फ्लोयडको हत्या प्रकरणमा अमेरिकी प्रहरी अधिकारी डेरेक चुविन दोषी साबित भएका छन्। 

गत वर्ष मे महिनामा चुविनले गिरफ्तार गरी भुईंमा लडाएर घुँडाले ९ मिनेटसम्म  अफ्रिकी अमेरिकी नागरिक फ्लोयडको घाँटी थिचेका थिए। छट्पटाउँदा–छट्पटाउँदै फ्लोयडको मृत्यु भएको थियो। 

सो हत्यापछि अमेरिका र यूरोपमा नश्लभेदको मुद्धा चर्किएको थियो। अमेरिका र विश्वभर प्रदर्शन भएको थियो।

हत्याकाण्डबारे छानबिन गर्न गठित जूरीले प्रहरी अधिकारी चुविनलाई दोषी ठहर गरेको हो। 

सन् २००१ देखि प्रहरी सेवामा प्रवेश गरेका डेरेकलाई फ्लोयडको हत्या भएलगत्तै सेवाबाट बर्खास्त गरिएको थियो। फ्लोयडको हत्यामा संलग्न अन्य तीन प्रहरी अधिकारी पनि बर्खास्तीमा परेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.