|

चीनका राष्ट्रपति सी जिनपिङले एक–दुई देशले वैश्विक नियम बनाउन नसक्ने बताएका छन्।

अमेरिका र पश्चिमा राष्ट्रबाट कटुतापूर्ण व्यवहार झेलिरहँदा पनि विश्व महाशक्ति बन्ने यात्रामा रहेको चीनका राष्ट्रपतिले यस्तो अभिव्यक्ति दिएका हुन्। 

केही देशले मात्रै बनाएको नियम जबरजस्ती पालना गराउन खोज्ने कोशिश भए कसैलाई पनि फाइदा नपुग्ने पनि उनले चेतावनी दिएका छन्। 

बोआओ फोरमलाई मंगलबार सम्बोधन गर्दै सीले यस्तो बताएका हुन्। फोरमको बैठकमा एसियाली मुलुकका अधिकांश कार्यकारी प्रमुखहरु सहभागी थिए। 

अमेरिकाको नाम नलिइकन सीले निशाना साँधेको बीबीसीमा उल्लेख छ। उनले विश्व अब एक–दुई देशले तय गरेको नियमअनुसार चल्न नसक्ने बताएका हुन्। सबैलाई न्याय मिल्नुको सट्टा अहिले निश्चित शक्तिहरुले बोलवाला चाहेको तथा जवाफदेही नभएको सीले दाबी गरे। 

सीले भनेका छन्, 'संयुक्त शक्ति र एउटा महामारीले विश्वलाई अस्थिर गराइदिएको छ, यी दुवै झट्ट हेर्दा देखिँदैन। बहु-ध्रुवीय शक्ति समीकरणमा कुनै मौलिक परिवर्तन देखिएको छैन, आर्थिक वैश्वीकरण केही उदार भएको छ। अब हामी बहु-ध्रुवीय विश्वतर्फ अघि बढ्न जरुरी छ। संयुक्त राष्ट्रसंघ केन्द्रित अन्तरराष्ट्रिय व्यवस्था मात्रै सबैलाई मान्य हुनसक्छ।' 

यसअघि जनवरीमा सी जिनपिङले विश्व आर्थिक मञ्चमै अमेरिकी नेतृत्वलाई टुक्रे गुट संज्ञा दिएका थिए।

चीनले अहिलेहाल जापान, अष्ट्रेलिया, भारत र अमेरिका संलग्न क्वाड गठबन्धनप्रति असन्तुष्टि जनाइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.