|

डोटी : दिपायल सिलगढी नगरपालिका-७ तथा पूर्वीचौकी गाउँपालिका-१ को सीमाक्षेत्र बुढोबाँज भन्ने ठाउँमा बेवारिसे अवस्थामा एक महिलाको शव फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार करिब ४० वर्षीया महिलाको शव मंगलबार राति फेला परेको हो। उनका अनुसार शव भेटिएपछि रातिदेखि प्रहरी नायब निरीक्षक खेमराज पन्त नेतृत्वको टोली घटनास्थलमै शव कुरेर बसेको छ।

महिलाको टाउकोमा पूरै धमिरा लागिसकेको र शरीर कुहिएको अवस्थामा रहेको बताइएको छ। घटनास्थल नजिक पुरुषले लगाउने एउटा चश्मा फेला परेको र एउटा झोलाभित्र महिलाको ओढ्ने सल तथा सुनको तिलहरी पनि भेटिएको प्रहरीले जनाएको छ। उक्त शवको सनाखत तथा पहिचानका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको कमान्डमा अहिले घटनास्थलतर्फ प्रहरी टोली परिचालन गरिएको बताइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.