|

काठमाडौं : चितवनको माडीस्थित अयोध्यापुरीमा आज राम–सीताको मूर्ति प्रतिस्थापन गरिँदैछ। प्रतिस्थापनका लागि रथयात्रासहित हिजो काठमाडौंबाट अयोध्यापुरीतर्फ लगिएको थियो। रथयात्राका लागि निस्किएको टोलीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट बिदाइ गरेका थिए।

मंगलबार राति देवघाटमा पुगेर बास बसेको रथयात्रा बुधबार बिहान गण्डकीमा स्नानसहित पूजा आराधना गरी चितवनको माडीस्थित अयोध्यापुरीतर्फ अघि बढेकाे हाे। अयोध्यापुरीमा दिउँसो साढे १२ बजेको साइतमा मूर्ति प्रतिस्थापन गर्ने कार्यक्रम छ। रथयात्राको टोलीसहित रामको मूर्तिलाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री भानुभक्त ढकाल र बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले स्वागत गर्ने कार्यक्रम छ। अयोध्यापुरीमा राम मन्दिर स्थापना गर्नका लागि बालुवाटारमा राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति निर्माण गरिएको थियो। 

आज बिहान देवघाटमा प्रतिमाहरुलाई गण्डकी स्नान गराउने कार्यक्रम रहे पनि प्रतिमा अत्यन्तै ठूला भएकाले सम्भव नभएको आयोजकहरूले बताएका छन्। प्रतिमाहरुलाई १०८ कलश र घडामा गण्डकीबाट ल्याइएका जलबाट देवघाटमा स्थान गराएर रथयात्रा अगाडि बढाइएको छ। 

रथयात्राको साथमा सयौं नागरिक रहेका छन्।  त्यसैगरी हिन्दू तथा बौद्ध धर्मका गुरुहरूको पनि ठूलो संख्यामा उपस्थिति रहेको छ। ​रथयात्राको सबैभन्दा अगाडि हनुमानको प्रतिमा भएको रथ राखिएको छ। त्यसपछि रामको प्रतिमा भएको रथ, त्यसपछि सीता र त्यसपछि लक्ष्मणको रथ राखिएको छ । रथको पछाडि नेपाली सेना र प्रहरीको ब्याण्ड पनि काठमाडौंबाट साथमै गएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.