|

मकवानपुर : मकवानपुरको हेटौंडामा कोरोना संक्रमित एक पुरुषको घरमै मृत्यु भएको छ। हेटौंडा–४ कर्राका ७४ वर्षीय पुरुषलाई  सोमबार कोभिड-१९ पाेजेटिभ देखिएकाे  थियो।

‘सोमबार सामान्य ज्वरो आएपछि उपचारका लागि अस्पताल लगिएकोमा कोभिड देखिएको रहेछ। ’ हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष नवीन सिग्देलले भने, ‘ घरमै उपचार गरी बसिरहेका बेला गएराति मृत्यु भएछ।’ अध्यक्ष सिग्देलका अनुसार कोरोना सङ्क्रमित अरुलाई सङ्क्रमण नहोस् भनि सुरक्षित रुपमा कोठामा एक्लै बसेका थिए।

सोही क्रममा आज विहान उनको मृत्यु भएको पाइएको हो। उनलाई कुनै पनि प्रकारको रोग नभएको बताइएको छ। कोरोना सङ्क्रमणको दोस्रो लहरपछि मकवानपुरमा मृत्यु भएको घटना पहिलो भएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंले बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.