|

पर्सा : कोरोना भाइरस संक्रमणबाट पर्सामा थप एकजनाको मृत्यु भएको छ। नारायणी अस्पतालमा उपचाररत ४२ वर्षीय संक्रमित पुरुषको बुधबार बिहान ९:५८ बजे मृत्यु भएको हो।

मृतक सर्लाहीको मलंगवा-२ का वासिन्दा रहेको नारायणी अस्पतालका कोभिड संयोजक डा. सरोजशोसन दासले बताए। मंगलबार अस्पतालमा भर्ना भएका ती पुरुषमा सोही दिन कोरोना पुष्टि भएको थियो। उनको गम्भीर प्रकारको निमोनियाका कारण  मृत्यु भएको डा. दासले बताए।

कोरोनाको दोस्रो लहर सुरू भएपछि पर्साका निजी र सरकारी अस्पतालमा सातजना मृत्यु भइसकेको छ। तीमध्ये नारायणी अस्पतालमा पाँच र नारायणी बयोधा अस्पतालमा दुईजनाको मृत्यु भएको हो। मृतकहरु पर्सा, बारा र सर्लाहीका रहेको डा. दासले जानकारी दिए। 

पर्सामा पछिल्लो २४ घण्टामा गरिएको १४० जनाको स्वास्थ्य परीक्षणमा ९० जनामा कोरोना पुष्टि भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.