|

अमेरिकाले भारतलाई मुद्रा चलखेलकर्ता (करेन्सी म्यानुपुलेटर्स) निगरानी सूचीमा राखिदिएको छ। 

भारत सरकार अधिकारीहरूले भने यस्तो सूचीमा पर्नुको कारण थाहा नभएको र आफूहरू अचम्ममा परेको प्रतिक्रिया दिएका छन्। 

वाणिज्य सचिव अनूप वधावनले नै अमेरिकी कदमपछि आफूले कुनै आर्थिक तर्क फेला नपारेको जिकिर गरेका छन्। केन्द्रीय रिजर्भ बैंकले मार्केट फोर्सेज अनुसार मुद्रा संग्रह गर्ने उनले बताएका छन्। 

समाचार एजेन्सी रोयटर्सका अनुसार पछिल्लो साता अमेरिकाको वित्त मन्त्रालयले भारत, सिंगापुर, थाइल्याण्ड र मेक्सिको समेत १० देशलाई मुद्रा अपचलनकर्ता सूचीमा राखेको छ।

अमेरिकाले यी मुलकको मुद्रा मौज्दात र अन्य तरिकाबारे सुक्ष्म निगरानी गर्नुपर्ने बताइरहेको छ।

भारतले सन् २०२० मा २४ अर्ब डलर द्विपक्षीय व्यापार बचत गरेको, तर वित्तीय बचत भने ८ अर्ब डलर मात्रै देखाएको अमेरिकी आरोप छ। 

अमेरिकाले भारतलाई अव्यवस्थित बजार स्थिति हटाउन र अधिक रिजर्भ नगरी विदेशी मुद्रा हस्तक्षेप सीमित पार्न भनेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.