|

गोरखा : पछिल्लो २४ घण्टामा कास्कीको पोखरामा ७८ जना सहित गण्डकी प्रदेशमा १ सय ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार कास्कीको पोखरा महानगरपालिकामा ७८ जनामा संक्रमण पुष्टि भएको छ। माछापुच्छ्रे गाउँपालिकामा एक जनामा संक्रमण पुष्टि भएको छ।

त्यस्तै, नयाँ संक्रमित बागलुङका ४२, स्याङजाका ६, तनहुँका ४ , पर्वतका ३ र गोरखामा १ जना रहेका छन्।

योसँगै गण्डकीमा कुल कोरोना संक्रमितको संख्या १७ हजार ४ सय ६ पुगेको छ। हालसम्म गण्डकी प्रदेशभर कोरोना भाइरस संक्रमणबाट मुक्त हुनेको संख्या १६ हजार ४ सय ९२ पुगेको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.