|

दाङ : कोरोना संक्रमणका कारण जिल्लामा एक पत्रकारको मृत्यु भएको छ।

मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–१७ निवासी ४१ वर्षीय दामोदर अधिकारी हुन्। केही हप्ताअघि उनलाई टाइफाइड देखिएको थियो। उपचाररत अधिकारीको पिसिआर जाँच गर्दा कोरोना पुष्टि भएको थियो।

गत चैत २७ गते पिसिआर रिपोर्टमा कोरोना पुष्टि भएपछि उनी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीको आइसोलेसनमा उपचाररत थिए। श्वासप्रश्वासमा समस्या देखिएपछि पछिल्लो अवस्थामा उनको काठमाडौँमा उपचार भइरहेको थियो। 

उपचार क्रममा उनको मंगलबार राति साढे ९ बजे निधन भएको हो। उनी भने नेपाल पत्रकार महासंघ दाङ शाखा सदस्य पनि हुन्। उनी दाङकै 'गोरक्ष राष्ट्रिय दैनिक' मा कार्यरत थिए। यता तुलसीपुर उपमहानगरपालिका–६ का वडाध्यक्षलाई कोरोना पुष्टि भएपछि वडा कार्यालय बन्द गरिएको छ।

वडा कार्यालय बुधबार दिउँसो १ बजेदखि शुक्रबारसम्म बन्द गर्ने निर्णय गरिएको वडा सदस्य दुजमान भण्डारीले जानकारी दिए। वडाध्यक्ष नवराज लामिछानेलाई तीन दिनअघि कोरोना पोजेटिभ देखिएको थियो। उनी अहिले होम आइसोलेसनमा छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.