|

काठमाडौं :  इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति राति भएको खेलमा  म्यानचेस्टर सिटीले  एस्टन भिल्लालाई २–१ गोलले पराजित गरेको छ। 

अवे मैदानमा भएको खेलमा म्यानचेस्टर सिटी भिल्लालाई हराउँदै उपाधि नजिक पुगेको हो। 

सिटीका लागि खेलको २२ औँ मिनेटमा फिल फोडिन तथा ४० औँ मिनेटमा रोड्रीले गोल गरे। एस्टन भिल्लाका लागि पहिलो मिनेटमै जो म्याकगिनले गोल गरेका थिए।

५७ औँ मिनेटमा एस्टन भिल्लाका म्याटी क्यास तथा ४४ औँ मिनेटमा जोन स्टोन्स रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि दुवै टिम १० खेलाडीमा सीमित भएको थिए।

जित निकालेको म्यानचेस्टर सिटीको ३३ खेलबाट ७७ अंक भएको छ । ३१ खेलबाट ४४ अंकसहित एस्टन भिल्ला ११ औँ स्थानमा छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.