|

म्याग्दी : म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरस्थित सिद्दीदात्री भगवती कोत मन्दिर पुन:निर्माण गरिएको छ। यो कोत तीन शताब्दी अघि बनाइएको थियो।

तत्कालीन पर्वत राज्य अन्तर्गतको ऐतिहासिक डढेकोट दरवारसँग सम्बन्ध राख्ने कोत राम नवमीको अवसर पारेर उद्घाटन गरिएको हो।

पर्वते राजा डिम्बबम मल्लले शक्तिस्वरुपा देवीको पूजाआजा गर्ने र हातहतियार भण्डारण गर्ने ठाउँलाई पुन:निर्माण गरी चिटिक्क बनाएर सिद्धिदात्री भगवती कोत मन्दिर नामाकरण गरिएको हो।

यो कोत नेपालमा बाइसे–चौबीसे राज्य रहँदाताका तत्कालीन २४ कोतअन्तर्गत ऐतिहासिक पर्वत राज्यको डढेकोट राजदरबारको अवशेष मानिन्छ।  गण्डकी प्रदेशका सदस्य विनोद केसी र बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठले संयुक्त रूपमा कोत उद्घाटन गरेका हुन्।

मन्दिरको उद्घाटन कार्यक्रममा बोल्दै प्रदेश सांसद केसीले पुलाचौर धार्मिक तथा पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण क्षेत्र भएकाले धार्मिक क्षेत्रको विकासमा भविष्यमा थप सहयोग जुटाउने प्रतिबद्धता जनाए। बेनी नगरका मेयर श्रेष्ठले नगरभित्र रहेका सयौंबर्ष पुराना धार्मिकस्थलहरूको मर्मत तथा जीर्णोद्धारका लागि नगरपालिकाले सहयोग गरिरहेको बताए।

पुरानो तथा ऐतिहासिक महत्व बोकेको कोत जीर्ण अवस्थामा पुगेपछि गण्डकी प्रदेश सरकार, बेनी नगरपालिका र स्थानीयको आर्थिक सहयोगसहित कुल ४३ लाख रुपैयाँ लागतमा पुन:निर्माण गरिएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.