|

काठमाडौं : आज नेपाल कम्युनिष्ट पार्टीको ७२ औं स्थापना दिवस, सत्तारुढ नेकपा एमालेले विभिन्न कार्यक्रम गरी मनाउँदैछ। 

दिवसकै अवसर पारेर एमाले आज बल्खुस्थित पार्टी कार्यालय शिलान्यास गर्ने भएको छ। पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बिहान ९ बजे नयाँ बन्ने पार्टी कार्यालयको शिलान्यास गर्ने कार्यालय सचिव इश्वरी रिजालले जानकारी दिए। 

२०७२ सालको भूकम्पले मदननगर बल्खुमा रहेको पार्टी कार्यालय बस्न नमिल्ने भएपछि पार्टी कार्यालय धुम्बाराहीमा सारिएको थियो। धुम्बाराहीमा पनि सडक विस्तारका कारण समस्या आउने भएपछि एमालेले पार्टी कार्यालय अहिले थापाथलीमा सारेको छ। 

स्थापना दिवसको अवसर पारेर आजै विहान ११ बजे अध्यक्ष ओलीले थापाथली कार्यालयबाट औपचारिक कार्य आरम्भ गर्ने रिजालले बताए।  बि.सं. २००६ साल वैशाख १० अर्थात सन् १९४९ अप्रिल २२ का दिन भारतको कोलकातामा पुष्पलाल श्रेष्ठको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको थियो। सोही दिनको सम्झनामा नेपालका सबैजसो कम्युनिष्ट पार्टीहरुले अप्रिल २२ लाई स्थापना दिवसका रुपमा मनाउने गरेका छन्। 

तत्कालीन एमाले र माओवादी केन्द्र मिलेपछि पार्टीको नाम नेकपा नामकरण गरिए पनि पछि ऋषि कट्टेलको पार्टीसँग नाम मिलेको भन्दै सर्वोच्च अदालतले पार्टी एकता खारेज गरिदिएपछि अहिले दुवै पार्टी पूर्ववत् अवस्थामा पुगेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.