|

काठमाडौं : त्रिदेशीय अन्तर्राष्ट्रिय टी–ट्वेन्टी क्रिकेटमा नेपाल आज मलेसियासँग भिड्दैछ।  लिग चरणको अन्तिम खेल कीर्तिपुरस्थित त्रिविको क्रिकेट मैदानमा दिउँसो सवा १ बजे सुरु हुनेछ। 

नेपाल शीर्ष दोस्रो टिममा पर्दै फाइनल प्रवेश गरिसकेको छ भने आज मलेसियालाई पराजित गरेमा शीर्ष स्थानमा पुग्नेछ।  प्रतियोगिताबाट बाहिरिसकेको मलेसिया भने सान्त्वना जितको खोजीमा हुनेछ। त्रिदेशीय सिरिजमा नेपालले यसअघिका तीनमध्ये दुई खेलमा जित निकाल्दै ४ अंक जोडेको छ। हिजोको खेलमा नेदरल्याण्डस् र मलेसियाले बराबरी खेल्दै अंक बाँडेका थिए। 

योसँगै नेदरल्याण्ड्सले ४ खेलबाट पाँच अंक जोडेको छ भने ३ खेल खेलेको मलेसियाको १ अंक मात्रै छ। 

डबल राउण्ड रोबिन लिगका आधारमा भएको खेलमा नेपालले उपाधिका लागि शनिबार नेदरल्याण्ड्सको सामना गर्नेछ। नेदरल्यान्ड्सविरुद्ध दुईमध्ये नेपालले एकमा जित र एकमा हार निकालेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.