'फ्लोर क्रस पार्टीविरुद्ध निर्मम प्रहार हो'

|

काठमाडौं : प्रधानमन्त्री एवम्‌ नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा थप क्षति हुन नदिन पहल गरिरहेको बताएका छन्। 

हिजो (बुधबार) वरिष्ठ नेता माधवकुमार नेपालसँग ओलीले मेरियट होटलमा वार्ता गरेका थिए। नेपालसँग लामो समयसम्मको मौनता तोडिएसँगै ओलीले यस्तो बताएका हुन्। 

बल्खुमा नयाँ भवन शिलान्यास कार्यक्रमलाई बिहीबार बिहान सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सबैलाई सम्झाउने-बुझाउने काम गरिरहेको बताए‌।

‘देशभर नयाँ पार्टी बनाउने अभियान चलाउनेलाई पनि सकभर सम्झाउने-बुझाउने प्रयास भएको छ,’ उनले भने, ‘व्यक्तिगत तवरमा कुरा हुनसक्छ, व्यक्तिगत जिम्मेवारी दिन सकिन्छ, मेरो गुट भनेर हुने भागबण्डा अब चल्दैन।’

प्रधानमन्त्री ओलीले गुटसँग सम्झौता नगर्ने पनि दाबी गरे। उनले थपे, ‘पार्टीमा जे पनि गर्न पाइने, अराजकता निम्त्याउने, अनुशासनहीनसँग सम्झौता गर्न सक्दैनौं। पार्टी विरोधी र गुटका गतिविधिलाई मान्यता दिँदैनौँ।’

प्रधानमन्त्री ओलीले ‘फ्लोर क्रस’ बाट गर्व गर्ने प्रवृत्ति इतिहासमा कहिल्यै नभएको बताउँदै एमालेमाथि र व्यक्तिगत रूपमा आफूविरुद्ध निर्मम प्रहार भएको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.