|

अछाम : जिल्लामा कोरोना भाइरस संक्रमणका कारण १ जनाको ज्यान गएको छ।

जिल्लाको साँफेबगर नगरपालिका-६, भागेश्वरका ६५ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण ज्यान गएको हो।

रोजगारीका लागि भारतमा रहने गरेका उनी १५ दिन पहिले घर फर्किएका थिए।

स्वास्थ्यमा समस्या देखिएपछि बयलपाटा अस्पतालमा उनको एन्टिजेन परीक्षण गरिएको थियो। उनी संक्रमित रहेको नतिजा आएको थियो। 

५ गते कोरोना संक्रमित पुष्टि भएका उनको बिहिबार बिहान ७ बजे जिल्ला अस्पताल अछाममा मृत्यु भएको स्वास्थ्य कार्यालय अछामका सूचना अधिकारी देव जोशीले जानकारी दिए।

अछाममा अहिलेसम्म ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.