काठमाडौं : काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गत नेपालले आफ्नो चौथो तथा लिग चरणको अन्तिम खेलमा आज मलेसियासँग खेल्दैछ।
यी दुई देशबीचको खेल नेपाली समयअनुसार दिउँसो सवा १ बजेदेखि त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ। नेपालले सिरिजमा उत्कृष्ट प्रदर्शन गरिरहेको छ।
पहिलो खेलमा नेदरल्यान्ड्स र दोस्रोमा मलेसियालाई समान ९–९ विकेटले पराजित गरेको नेपाल तेस्रो खेलमा नेदरल्यान्ड्ससँग ३ विकेटको हार ब्यहोर्यो।
नेपाल सिरिजको फाइनलमा प्रवेश गरिसकेको छ। सिरिजअन्तर्गत बुधबार नेदरल्यान्ड्स र मलेसियाबीचको खेल बराबरीमा सकिएपछि नेपाल फाइनलमा प्रवेश गरेको हो।
नेपालसँगै नेदरल्यान्ड्स पनि फाइनल पुगेको छ। मलेसिया भने बाहिरिएको छ। खेल बराबरीसँगै नेदरल्यान्ड्सले चार खेलमा पाँच अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ। सिरिजको फाइनलमा नेपालले शनिबार नेदरल्यान्ड्ससँग खेल्नेछ।
तीन खेलमा चार अंक जोडेको नेपाल दोस्रो स्थानमा छ। तीन खेलमा एक अंकसिहत मलेसिया पुछारमा रहेको छ।
अब बिहीबार हुने लिगको अन्तिम खेलले शीर्ष स्थान र दोस्रो स्थानमा रहने टिमको तय हुनेछ। मलेसियालाई हराउँदै नेपाल शीर्ष स्थानमा रहँदै फाइनल पुग्न चाहन्छ।
नेपाल सिरिजको फाइनलमा पुगिसकेको छ। तर, मलेसियालाई हराएर नेपाल शीर्ष स्थानमा रहेर फाइनल खेल्नेछ। मलेसियालाई हार र जितले फरक पार्ने छैन। तर, मलेसिया अघिल्लो खेलमा ब्यहोरेको हारको बदला लिन चाहन्छ।
आफ्नो दोस्रोमा मलेसियालाई नेपालले सहजै हराएको थियो। नेपाली सोही लयलाई कायम राख्न चाहन्छ। मलेसिया भने नेपाललाई हराउँदै सिरिजको सुखद् अन्त्य गर्ने लक्ष्यसहित मैदानमा उत्रिनेछ।
नेपाललाई हराउन मलेसियालाई सहज भने हुने छैन। नेपालले उत्कृष्ट ब्याटिङ गर्दै आइरहेको छ। उसले तेस्रो खेलमा पनि उत्कृष्ट ब्याटिङ गर्दै दुई सय ७ रनको लक्ष्य दिएको थियो।
यद्यपि, अन्तिम ओभरतिर खराब बलिङका कारण नेपाल म्याच हार्न पुगेको थियो। पाहुना टोली मलेसियासमाथि लगातार दोस्रो जित निकाल्ने लक्ष्यसहित नेपाल मैदान उत्रिनेछ।
नेपालले लिगको अन्तिम खेलमा प्लेइङ–११ मा एक खेलाडी परिवर्तन गर्ने सम्भावना छ। नेपालले शाहब आलमको ठाउँमा सुशन भारीलाई प्लेइङ–११ मा समावेश गर्ने सम्भावना छ। शाहब पहिलो, दोस्रो तेस्रो खेलमा किफायती बलिङ गर्न असफल रहे।
पछिल्ला पाँच खेलको नतिजा हेर्न हो भने नेपाल बलियो देखिन्छ। नेपालले पाँच खेलमध्ये चार जित हात पारेको छ। एक खेल नतिजाविहीन भएको थियो।
सन्दीपलाई इतिहास रच्ने मौका
आजको खेलमा नेपाली स्पिनर सन्दीप लामिछानेले इतिहास रच्ने छन्। हालसम्म उनले ९९ टी–२० म्याच खेलेका छन्।
मलेसियाविरुद्ध मैदान उत्रिएसँगै सन्दीपले ‘शतक’ म्याच पूरा गर्नेछन्। उनी एक सय टी–२० म्याच खेल्ने पहिलो नेपाली क्रिकेटर बन्ने छन्। हालसम्म उनले विभिन्न लिग र राष्ट्रिय टिमबाट ९९ टी–२० म्याच खेलिसकेका छन्।
राष्ट्रिय टिमबाट हालसम्म सन्दीपले २४ म्याच खेलेका छन्। बाँकी म्याच उनले विभिन्न लिगमा खेलेका हुन्। ९९ टी–२० मा सन्दीपले कूल १ सय ३३ विकेट लिएका छन्।
सन्दीपले सन् २०१८ मा इन्डियन प्रिमियर लिग ९आईपीएल० बाट टी–२० क्रिकेट खेल्न सुरु गरेका थिए। सन्दीपले तत्कालीन दिल्ली डेयरडेविल्सबाट रोयल च्यालेन्जर्स बेंगलोरविरुद्ध १२ मेमा डेब्यू गर्दै पहिलो टी–२० खेलेका थिए।
त्यसयतादेखि सन्दीपले लगातार विश्वका चर्चित टी–२० लिगहरू खेल्दै आएका छन्।
नेपालको सम्भावित प्लेइङ–११
कुशल भुर्तेल, आशिफ शेख, ज्ञानेन्द्र मल्ल ९कप्तान०, दिपेन्द्रसिंह ऐरी, कुशल मल्ल, विनोद भण्डारी ९विकेटकिपर०, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, अविनाश बोहरा र सुशन भारी।
मलेसियाको सम्भावित प्लेइङ-११
सायद अजिज, अनवर अरुदीन, अहमद फेज ९कप्तान०, वीरन्दीप सिंह, अमिनुदीन राम्ली, शफिक सरिफ (विकेटकिपर), खिजार हायत, मुहमद वाफिक, शर्विन मुनीदी, पवनदीप सिंह, र अनवर रहमान।
तपाईंको ईमेल गोप्य राखिनेछ ।