|

काठमाडौं : नेकपा एमालेको पार्टी कार्यालय बिहिबारदेखि औपचारिक रुपमा ने थापाथलीमा सरेको छ।  सरेको पार्टी कार्यालयमा प्रधानमन्त्री  तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले निरीक्षण गरेका छन्। धुम्बाराहीमा चक्रपथ विस्तारले समस्या पार्ने भएपछि पार्टी कार्यालय थापाथलीमा सारिएको हो।  

धुम्बाराहीमा पासाङ ल्हामु स्मृति प्रतिष्ठानको स्वामित्वमा रहेको भवनमा भाडामा रहेको थियो। २०७२ सालमा गएको भूकम्पीय धक्काले बल्खु स्थित पार्टी कार्यालय भत्काएपछि अस्थायी रूपमा सञ्चालन हुँदै आएको छ।

थापाथलीमा पनि एक उद्यमीको घर भाडामा लिएर सारिएको एमालेका कार्यालय सचिब इश्वर बहादुर रिजालले बताएका छन् ।   ओलीले बल्खुको पार्टी कार्यालयको समेत आजै शिलान्यास गरेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.