|

झापा : झापाको भद्रपुरमा ट्रकले सिटी सफारीलाई ठक्कर दिँदा भद्रपुर नगरपालिका ९ निवासी ६७ वर्षीया गायत्रीदेवी प्याकुरेलको मृत्यु भएको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए।

प्रहरीका अनुसार भद्रपुर १० स्थित मेची राजमार्गअन्तर्गत चाराआली केचना सडक खण्डमा बिहीबार बिहान साढे ९ बजे मे१क २६७ नम्बरको ट्रकले मे१ख ६४५८ नम्बरको सिटी सफारीलाई ठक्कर दिएको थियो। ठक्करबाट सिटीमा सवार प्याकुरेल सडकमा लडेको र ट्रकको चक्काले कुल्चिएपछि उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

मृतक प्याकुरेल व्रतबन्धको फूलपाती बिर्सजनका लागि गइरहेकी थिइन्। ट्रक भद्रपुरस्थित दक्षिणकाली प्यालिष्टक उद्योगको रहेको प्रहरीले जनाएको छ। पानीको ट्यांकी लोड गरिएको ट्रक चाराआलीतर्फ गइरहेको थियो। यता ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.