'जनताले प्रचण्ड पहिलाको जस्तै 'गर्जियोस्' भन्‍ने चाहेका छन्'

|
फाइल फोटो

काठमाडौं : नेकपा माओवादी केन्द्रको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताले आफूलाई पहिलेको जस्तै गर्जियोस् भन्ने चाहना व्यक्त गरिरहेको बताएका छन्।

पार्टी स्थापना दिवस तथा लेनिन जयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘मैले विस्तारै जनताको मनोभावना बुझ्ने कोसिस गरेको छु। जनताले पहिलाको जस्तो माओवादी होस्, प्रचण्ड पनि पहिलाको जस्तै गर्जियोस्, पार्टी पनि त्यसरी नै आवस् भन्ने चाहना व्यक्त गरिराख्नुभएको छ।’

कम्युनिष्ट पार्टी एकताको पक्षमा लागिरहेको बताउँदै माओवादी अहिले विशाल सम्भावना अगाडि उभिएको दाबी गरे। 

उनले भने, ‘प्रतिक्रियावादी मिलेर एकता भंग गरे। तर, हामी कम्युनिष्ट पार्टीको झण्डा फहराइरहेका छौँ। हामीलाई कम्युनिष्ट आन्दोलनको रक्षाको लागि अवसर प्राप्त भएको छ। हामी कमजोर भएका छैनौँ। हामीले जनताको नजिकबाट बुझ्ने कोसिस गरिरहेको छौँ।’

कम्युनिष्ट पार्टीलाई एकताबद्ध बनाउनका लागि आफ्नो पार्टी बलियो बनाउनुपर्ने बताए। उनले पार्टी एकता गरेर कुनै गल्ती गरेको नभए पनि विदेशी शक्तिको आडमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई संकेत गर्दै एकता भंग गरेको आरोप लगाए। 

‘हामीले एकता गरेर गल्ती गरेका छैनौँ। शक्ति सन्तुलन हाम्रो पक्षमा नभएर रोक्न सकिएन। तर, गलत प्रवृत्तिका खलनायकहरूलाई पार्टी एकता हुदा विधि संवत् रुपमा हटाएका थियौँ। ७० प्रतिशत बहुमत सदस्यका साथ फालेकै हो’ उनले भने, ‘तर, उनीहरुले विदेशी शक्तिको आडमा कम्युनिस्ट आन्दोलन र संविधानविरुद्ध लागिरहे। त्यो कुरा जनताले बुझेका छन्।’ अदालतको विचित्रको नौटङ्कीको निर्णय कताबाट आयो भनेर आश्चर्य प्रकट गरे। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.