|

मकवानपुर  : मकवानपुरमा कोरोना संक्रमित हुनेको संख्या बढ्दो अवस्थामा रहेको पाइएको छ। बुधबार मात्रै २५ जनालाई कारोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ।

कार्यालयका अनुसार ४८ जनाको स्वाब परीक्षण गर्दा २२ जनामा संक्रमण देखिएको हो। बुधबार थपिएको संख्यासमेत गरी अहिले मकवानपुरमा ७३ जना सक्रिय संक्रमित रहेका छन्। उनीहरू सबै होम आइसोलेसनमा बसिरहेको स्वास्थ्य कार्यालयले जनाएको छ।

कोरोना संक्रमण हुनेमा ६ वर्षीय बालकदेखि वृद्धावस्थाका व्यक्तिसमेत छन्। कोरोना संक्रमण पुष्टि हुनेमा हेटौंडा १ का १ जना, हेटौंडा ३ र ४ का ५-५ जना, हेटौंडा ५ का ६ जना, हेटौंडा ८ को २ जना, हेटौंडा ९ को २ जना, हेटौंडा ११ को २ जना, हेटौंडा १५,१६ र १९ का १-१ रहेका छन्।

यस्तै, हेटौंडा उपमहानगरपालिका-२ को वनस्खण्डी शहरी स्वास्थ्य केन्द्रमा गरिएको एन्टीजेन परीक्षणमा पनि ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। हेटौंडा उपमहानगरपालिका-२ का ५ वर्षीय बालकसहित ३ जनामा कोरोना पुष्टि भएको हो।

मकवानपुरमा कोरोना भाइरस संक्रमण पुष्टि हुनेको संख्या बढ्दो क्रममा रहेको छ। कोरोना संक्रमणबाट बुधबार बिहान एक पुरुषको मृत्यु भएको छ। कोरोनाको दोस्रो लहर आएपछि हेटौंडा ४ कर्राको का ७४ वर्षीय वृद्घको मृत्यु भएको हो। यसअघि पहिलो चरणको संक्रमणमा कोरोनाबाट ३२ जनाको मृत्यु भएको थियो।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.