|
फाइल तस्बिर

काठमाडौं : गोकर्णेश्वर महादेव मन्दिरमा गजुर राखिएको छ।

बिहीबार गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसेको उपस्थितिमा दिउँसो १ बजे मन्दिरमा सुनको जलपसहितको गजुर राखिएको महादेव मन्दिर छाना निर्माण सर्वाङ्गीण विकास समन्वय समितिका सचिव ईश्वर पाण्डेले जानकारी दिए।

मन्दिर २०७२ सालको भूकम्पले क्षति पुर्‍याएकाे थियो। ऐतिहासिक धार्मिक महत्व बोकेको मन्दिरलाई पशुपतिनाथ मन्दिरमा जस्तै बनाउन र लेपनबाट मन्दिरलाई आकर्षक बनाउन २०७५ साल मंसिर महिनाबाट स्वर्णलेपनको काम थालिएको थियो। प्रत्येक वर्षको कुशे औँशीका दिन मन्दिर र गोकर्ण जङ्गलमा ठूलो मेला लाग्ने गर्दछ।

त्यस दिन मन्दिर परिसरमा दिवङ्गत बाबुको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्नेहरूको भीड लाग्ने गर्छ। सत्ययुगमा ब्रह्माले नै गोकर्णेश्वरको स्थापना गरेकाले यस ठाउँमा आई पितृलाई तर्पण, सिदा दान र पिण्ड दान गर्नाले अगति परेका पितृ पनि तर्छन् भन्ने धार्मिक विश्वास छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.