|

काठमाडौं : नेकपा एमालेका नेता माधवकुमार नेपालले प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटमा कुनै प्रगति नभएको नेता प्रतिक्रिया दिएका छन्। 

मेरियट होटलमा भएको वार्तापछि बाहिरिँदै नेपालले यस्ताे बताएका हुन्। ओली निस्किएको करिब आधि घण्टापछि होटलबाट निस्किएका नेता नेपालले पत्रकारहरुसँग टाढैबाट हात हल्लाउँदै  भने, ‘कुराकानीमा कुनै प्रगति छैन।’

प्रधानमन्त्रीका आर्थिक सल्लाहकार मोतीलाल दुगडले भने ओली र नेपालबीचको भेटवार्ता सकारात्मक बन्दै भइरहेको बताए। 

‘भेटवार्ता सकारात्मक भयो। अब सहमति नभएसम्म भेटवार्ताले निरन्तरता पाउँछ’ पत्रकारहरुलाई प्रतिक्रिया दिँदै उनले भने, ‘माधव नेपालको आजै उपत्यका बाहिर जाने कार्यक्रम भएकाले अब कहिले बस्छ भन्ने टुंगो भएको छैन।’

बुधबारको भेटवार्ताको क्रममा पनि दुवै नेता आ आफ्नो अडानबाट पछि हट्न नसक्ने निष्कर्षका साथ उठेका थिए। बैठकमा ओलीले पार्टीमा गुटबन्दी नचल्ने भन्दै  आफ्नो कुरा राख्न आग्रह गरेका थिए। तर, नेता नेपालले ओलीले गरेको पार्टीभित्रको एकलौटी निर्णय फिर्ता हुनुपर्ने अडान राखेका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.