|

काठमाडौं :  आज काठमाडाैं उपत्यकाका १ हजार १ सय ७४ जनामा कोरोना संक्रमण भेटिएको छ। 

जसमा सबैभन्दा धेरै संक्रमित काठमाडौं जिल्लामा भेटिएका छन्। आज काठमाडौंमा ९ सय ८७,ललितपुरमा १ सय ६  र भक्तपुरमा ८१ जना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा देशभर  २ हजार ४ सय २८ जना कोरोनाका नयाँ सङक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार पिसिआर प्रविधिबाट १० हजार १ जना र एन्टिजेन विधिबाट ४ सय ४७ को जनामा परीक्षण गरिएको हो। 

 

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.