|

दाङ : जवरजस्ती करणी मुद्दाका फरार एक जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा राप्ती गाउँपालिका–३ का २८ वर्षीय अर्जुन बिक छन्।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार बिक २०७७ साउन १६ गते जवरजस्ती करणी गरी फरार रहेका थिए। उनलाई लुकीछिपी हिँडिरहेको अबस्थामा बिहीबार दिउँसो १ बजे घोराही उपमहानगरपालिका–१५ तुलसीपुर चोकबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एंव डिएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिए।

बिकलाई  दाङ देउखुरी जिल्ला अदालतमा बुझाइएको  प्रहरीले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.