|

झापा : पानीसँगै आएको हावाहुरीले रुखको हाँगा भाँचिएर लाग्दा झापामा एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा कमल गाउँपालिका–५ बस्ने आठ वर्षीय योजल राई रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए।

प्रहरीका अनुसार हावाहुरी चलेका बेला बुबासँग घर नजिकैको माई वृक्षारोपणको नर्सरीमा दाउरा टिप्न गएका योजललाई वनमै रहेको मसलाको रुखको हाँगा भाँचिएर लाग्दा गम्भीर घाइते भएका थिए।

घाइते उनलाई तत्काल उपचारका लागि दमक अस्पताल पुर्याएलगत्तै मृत्यु भएको प्रहरीले जनाएको छ। हावाहुरीले जिल्लाका विभिन्न स्थानमा रुख ढल्नुका साथै घर तथा पसलका छानाहरू पनि उडाएको छ। अन्नबालीमासमेत क्षति पुर्याएको प्रहरीले जनाएको छ।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.