|

काठमाडौं : नेपाल पत्रकार महासंघले सञ्चारगृहलाई कार्यरत सञ्चारकर्मी र कर्मचारीका लागि स्वास्थ्य सतर्कतामा विशेष ध्यान दिई काम गर्ने वातावरण मिलाउन आग्रह गरेको छ।

महासंघको बिहिबार बसेको पदाधिकारीको बैठकले कोभिड–१९ को दोस्रो लहर बढेको भन्दै सुरक्षित रुपमा काम गर्ने वातावरण मिलाउन अनुरोध गरेको हो। आम सञ्चारकर्मीलाई पनि जोगिदैँ स्वास्थ्य सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर मात्रै पेशागत कर्तव्य पूरा गर्न पनि महासंघले आग्रह गरेको छ।

समाचारकक्षमा सामाजिक दूरी कायम गर्न, सकभर घरबाटै काम गर्ने वातावरण मिलाउन, पर्याप्त स्वास्थ्य सामग्रीको व्यवस्थापन गर्र्न र प्रविधिको उच्चतम् प्रयोग गरेर सुरक्षित वातावरण निर्माण गर्न सञ्चार प्रतिष्ठानलाई महासंघको बैठकले आग्रह गरेको महासचिव रोशन पुरीले जानकारी दिए।

साथै महासंघले महामारीको यो कठिन समयमा पत्रकार आचारसंहिताको पूर्णपालना गर्दै सत्यतथ्य समाचार सामग्री सम्प्रेषण गर्न पनि पत्रकारलाई अपील गरेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.