|

काठमाडाैं : चाैतर्फी आलाेचनापछि बाग्लुङ नगरपालिले पुल कर फिर्ता लिने निर्णय गरेकाे छ। पर्वत र बागलुङ जोड्ने झोलुंगे पुल तर्दा लगाइएको कर बाग्लुङ नगरपालिकाले फिर्ता लिएकाे हाे।

बाग्लुङ नगरपालिका–१ वाङ्गेचौर र कुश्मा नगरपालिका–१ अदुवाबारी जोड्ने पुलमा पूर्वाधार उपयोग कर भन्दै रकम उठाइएको थियो। गत चैत २६ गते बसेको नगर कार्यपालिकाको बैठकले पूर्वाधार उपयोग करअन्तर्गत पुल आउजाउ गर्ने यात्रुबाट २० रुपैयाँ लिने निर्णय गरेको थियो। ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र विद्यार्थीलाई १० रुपैयाँ तथा विदेशी पर्यटकलाई ५० रुपैयाँ तोकिएको थियो।

यस्तै बागलुङ नगरपालिका र पर्वतको कुश्मा नगरपालिकाका बासिन्दाबाट शुल्क नलिने निर्णय गरिएको थियो। नगरप्रमुख जनकराज पौडेलको निर्देशनमा प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले सूचना निकाल्दै पूर्वाधार कर अर्को व्यवस्था नभएसम्मका लागि स्थगित गरिएको जनाएका छन्।

पाँच सय ६७ मिटर लामो उक्त झोलुङ्गे पुललाई सिङ्गल स्पानतर्फ संसारकै लामो भनेर नगरपालिकाले जिकिर गर्दै आएको छ। संघीय सरकारको लगानीमा बनेको उक्त झोलुङ्गे पुल धौलागिरीमा नयाँ पर्यटकीय गन्तव्य बनेको छ। नगरपालिकाले पुल कर ताेकेपछि सामाजिक संजालमा चाैतर्फी आलाेचना भएकाे  थियाे। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.