|

बझाङ  : कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय सुनाइएका एक जना १९ वर्षपछि पक्राउ परेका छन्। २०५८ साल साउन १० गते मष्टा गाउँपालिका–६ का जय बहादुर रोकायाको हत्या घटनामा अदालतबाट दोषी ठहर गरिएका मष्टा गाउँपालिका–५ का ४७ वर्षीय ज्ञानु बोहरा लाई प्रहरीले बिहीबार पक्राउ गरेको हो।

घटनास्थलबाटै फरार भएका उनलाई बझाङ जिल्ला अदालतले २०६३ माघ १९ गते २० वर्ष कैद सजायको फैसला सुनाएको थियो। जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरी टोलीले बोहरालाई आफ्नै घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो। उनलाई कैद भुक्तानका लागि जिल्ला अदालतमा पेश पछि कारागार चलान गरिएको प्रहरीले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.