|

ताप्लेजुङ : मेरिङदेन गाउँपालिका-२ सान्थाक्राका एक शिक्षकको गोली प्रहार गरी हत्या गरिएको छ। जालपा देवी आधारभुत विद्यालयका शिक्षक खड्गबहादुर लिम्बूको हत्या भएको प्रहरीले जनाएको छ।

बिहीबार साँझ करिब साढे पाँच बजे सान्थाक्राकै प्रताप भनिने आकाश लिम्बूले घरको आँगनमा निस्किएको समयमा शिक्षक खड्गलाई गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक मोहन पोखरेलले जानकारी दिए।

गोली हानी हत्या गरेको आरोपमा आकाशलाई नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक पोखरेलले बताए। शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल ताप्लेजुङ राखिएको ‍छ। घटनामा प्रयोग भएको भरुवा बन्दुक समेत बरामद गरिएको प्रहरीले बताएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.