|

काठमाडौं :  पशुपतिनाथको मन्दिरमा आजदेखि दुई हप्तासम्म भक्तजनले पूजा गर्न नपाउने भएका छन्। पशुपति क्षेत्र विकास कोषले दोस्रो चरणको कोराना भाइरस संक्रमण बढ्न नदिन पूजामा रोक लगाएको हो।

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रदीप ढकालले आजदेखि लागु हुने गरी अर्को निर्णय नआउन्जेल भक्तजनले पूजा गर्न नपाउने बताए। उनले पशुपतिमा मुख्य मन्दिरको पूजाबाहेक अन्य सर्वसाधारणले पूजा गर्न नपाउने जानकारी दिए।

सरकारले भीडभाड हुने क्षेत्रमा भीड नियन्त्रण गर्न अनुरोध गर्दै आएकाले कोषले पनि पूजामा रोक लगाएको सदस्य सचिव ढकालको भनाइ छ।  

यसैगरी गोरखाको मनकामना, गोरखनाथ र गोरखकाली मन्दिर वैशाख महिनासम्मका लागि बन्द गरिएको छ। यस्तै दोलखाको भीमेश्वर मन्दिरमा पनि नित्य पूजा वाहेकका अन्य काम बन्द गरिएको छ ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.