|

मकवानपुर : हेटौंडा–भीमफेदी–कुलेखानी (काठमाडौं) सडक मार्गमा पिच गर्नुपर्ने भएकाले आज शुक्रबारदेखि डेढ महिनाका लागि बन्द गरिएको छ। 

हेटौंडा–काठमाडौं आवत जावतको छोटो मार्गमा आज वैशाख १० गतेबाट आगामी जेठ २५ गतेसम्मका सडक बन्द गरिएको लागि बागमती प्रदेशको यातायात पूर्वाधार विकास निर्देशनालयका निर्देशक डाक्टर सहदेवबहादुर भण्डारीले जानकारी  दिए।

साँघुरो रहेको भीमफेदी–काठमाडौं सडकलाई फराकिलो पार्दै पर्खाल तथा ढल  निर्माणको काम सकिएकाले अब पिच तथा स्ल्याब ढलान कार्यका लागि सडक बन्द गर्नुपरेको निर्देशक भण्डारीले बताए। 

भीमफेदीदेखि देउराली भञ्ज्याङसम्मको आठ किलोमिटर सडकका लागि १८ करोड रुपैयाँ र देउरालीदेखि कुलेखानीको हेबीचौरसम्मको साँढे सात किलोमिटर सडकका लागि १६ करोड रुपैयाँ गरी कुुल ३४ करोड रुपैंया विनियोजन भएको थियो। मदन भण्डारी राजमार्ग अन्तर्गत पर्ने सिस्नेरीदेखि काठमाडौंको दक्षिणकालीका जोड्ने सडक निर्माण कार्यले पनि अहिले तीब्रता पाएको छ।

हेटौंडा–भीमफेदी–काठमाडौं सडक सुदृढीकरणको कामको अहिले करिब ८० प्रतिशत कार्य सम्पन्न भएको यातायात पूर्वाधार निर्देशनालयले जनाएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.