भिडभाड नगर्न प्रशासनको उर्दी

|
फाइल फोटो

बर्दिया : बर्दियामा आज (सोमबार) रातिबाट एकसाता निषेधाज्ञा गरिने भएको छ। कोरोना संक्रमित थपिने क्रम तीव्र रूपमा बढ्दै गएपछि बर्दिया जिल्ला प्रसासनले सोमबार मध्यरातबाट लागू हुने गरी एकसाताका लागि निशेधाज्ञा गर्ने निर्णय गरेको हो।

दोस्रो चरणको कोभिड–१९ संक्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय बर्दियाले सूचना जारीगर्दै भिडभाड नगर्न उर्दी जारी गरेको छ। कोभिडको संक्रमणको जोखिम कम गर्न दैनिक उपभोग्य र कृषिउपज बाहेकका सवै हाटबजार, खेलकुद, मेलापर्व, भेला, आमसभालाई अर्को निर्णय नभएसम्मका लागि रोक लगाइएको प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले बताए।

निषेधाज्ञाको समयमा अत्यावश्‍यक कामबाहेकका अन्य सम्पूर्ण कामहरू बन्द हुने पनि जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ। संक्रमण तीव्र फैलिएका बर्दियाका एकवटै पालिकाका बजारहरुमा निषेधाज्ञा अझ कडा रूपमा लागू हुने पनि प्रशासनले जनाएको छ।

नेपाल सरकार मन्त्रिपरिषदको निर्णय पूर्ण लागू गर्दै सीमाबाट हुने आवतजावत निषेध गरिएको छ। अन्य सम्पूर्ण पसलहरु बन्द रहने र फलफूललगायतका अत्यावशेक पसलहरुमा भने मालसामान वेचबिखन गर्दा अनिवार्य २ मिटरको भौतिक दूरी, अनिवार्य मास्क, साबुन पानीले हातधुने वा सेनिटाइज गर्नै व्यवस्था मिलाउनुपर्नेछ।

प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको बैठकको निर्णयले मापदण्ड पालना गरे/नगरेको अनुगमनको जिम्मेवारी स्थानीय तहलगायत सुरक्षाकर्मीहरुलाई दिएको छ। अनुगमनका क्रममा पसलहरूले मापदण्ड पालना नगरेको पाईए ५ दिनका लागि पसल बन्द गर्ने समितिको निर्णय छ।

कोरोना संक्रमित दिनप्रतिदिन बढ्दै गएको समयमा ठाकुरबाबा आधारभूत नगर अस्पतालमा स्वास्थ्य सामाग्रीहरुकोअभाव भएको जनाइएको छ। नगरअस्पतालबाट सामाग्री अभाव भएको जानकारी पाएलगत्तै सामाग्री खरिदको प्रक्रिया अघि बढाइएको ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख घननारायण श्रेष्ठले बताए।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.