|

झापा : प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर झापाको दमकमा फेला परेको  शंकास्पद वस्तु नेपाली सेनाले निष्क्रिय पारेको छ। दमक नगरपालिका ९ स्थित चिया दोकान नजिकैको भित्री सडकको प्रगति मार्गमा बिहीबार बिहान बम जस्तो देखिने शङ्कास्पद वस्तु फेला परेको थियो।

प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाका अनुसार एउटा टिनको बट्टामा तार बाँधेर सडकमा फालिएको अवस्थामा सो शङ्कास्पद वस्तु भेटिएको थियो।

त्यस शङ्कास्पद वस्तुलाई तोपागाछीस्थित नेपाली सेनाको बम डिस्पोजल टोलीले बिहान ९ बजे निष्क्रिय पारेको छ। उक्त टिनको बट्टामा ढुङ्गा राखिएको थियो।

फेला परेको त्यस शङ्कास्पद वस्तुमा नेकपा विद्रोही समूहको पर्चा टाँसिएको र अमेरिकी सहयोग एमसिसीको विरोध गरिएको उल्लेख छ।

बिहानै सडकमा शङ्कास्पद वस्तु देखिएपछि त्यस आसपास क्षेत्रका स्थानीय त्रसित बनेका थिए। यता, प्रहरीले शङ्कास्पद वस्तु राखेर आतंक मच्चाउने समूहको खोजी कार्य गरिरहेको डिएसपी थापाले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.