|

काठमाडाैं : नेपाली खेलकुद क्षेत्रमा पछिल्लो समय निजी क्षेत्रको सहभागिता बढ्दो छ।

विशेष गरेर विश्व क्रिकेटमा छोटो फरम्याट (टी–२०) ले ल्याएको जबर्जस्त माहौलपछि विस्तारै नेपाली क्रिकेटमा पनि निजी क्षेत्रको प्रवेश भयो। फ्रेन्चाइज क्रिकेट यति धेरै लोकप्रिय भयो कि कोरोना अघिको समयमा देशमा ३ वटासम्म फ्रेन्चाइज टी–२० क्रिकेट प्रतियोगिता भए।

सोही लोकप्रियता फुटबलमा पनि देखिने अनुमान अनुसार दुई वर्षअघि नै फ्रेन्चाइज फुटबलको घोषणा गरियो। तर विविध कारणले गर्दा दुई वर्षपछि प्रतियोगिताले मूर्त रुप पायो। कोरोना संक्रमण र लामो लकडाउनपछि रंगशालामा फर्किएको नेपाली फुटबलका लागि यो प्रतियोगिता सञ्जीवनी बुटीको काम गर्ने र यसले नेपाली फुटबललाई अर्को उचाइमा पुर्याउने आशा गरिएको थियो।

एनएसएलमा लागेको धक्का

कोरोना संकटपछि सामान्य बन्दै गरेको जनजीवनमा दुई वर्षअघि बनेको अवधारणामा केही परिवर्तन गर्दै नेपाल स्पोर्टस एन्ड इभेन्ट म्यानेजम्यान्टले एन्फाको प्राविधिक सहयोगमा एनएसएल घोषणा गर्‍यो।

यद्यपि सुरुवाती अवधारणामा सात प्रदेशका सात टोलीबीच होम एन्ड अवे आधारमा डवल लिग प्रतियोगिता आयोजना गर्ने थियो। तर प्रतियोगिता आयोजनाको अवस्था आउँदा सम्म सिंगल राउन्ड रोबिनका आधारमा सात सहरका सात टिमले प्रतिनिधित्व गरिरहेका छन्।

तर लिग सोचेअनुरुप रहेन। दर्शक बिनाको प्रतियोगिता निरस छ। यद्यपि आयोजकले प्रतियोगिता जारी राखेको छ। छोटो अवधिको प्रतियोगिता भएपनि टिमहरूले अक्सन मार्फत राम्रो मुल्यमा खेलाडी अनुबन्धन गरे। नेपालका साथै विदेशी खेलाडीको बोलवाला लिगमा चलिरहेको छ तर प्रतियोगिता बन्द रंगशालामा हुँदा पहिलो संस्करणनै निरास बनेको छ।

विदेशी खेलाडीमा गरिएको अपेक्षा

टिमहरूले नेपाली खेलाडीमा जति भरोसा गरे त्यो भन्दा उनीहरूको लक्ष्य राम्रा विदेशी खेलाडी टिममा भित्र्याएर उपाधि जित्ने थियो। तर नेपाली खेलाडी र अहिले अनुबन्धन भएका विदेशी खेलाडीमा त्यति धेरै अन्तर छैन।

अर्थात टिमले अपेक्षा गरेअनुसार विदेशी खेलाडीको प्रदर्शन रहेन। समग्रमा खालि रंगशालामा पनि टिमहरूले जुन प्रदर्शनको अपेक्षा गरिएको छ। त्यस्तो रहेको छैन।

खेलाडीहरूले उच्च स्तरको प्रदर्शन दिन सकेका छैनन्। फ्रेन्चाइजको चार्म ए डिभिजन जतिको नहुनुले टिमका लागि लाखौं खर्च भए पनि प्रदर्शनमा निखारता आउन नसक्दा सुनसान जस्तै छ।

सात सहरका सात टिमले दोस्रो चरणको समाप्तिसम्म आफूलाई समाल्ने प्रयास जारी राखेका छन्। अंक तालिका प्रतिस्पर्धात्मक रहे पनि मैदानमा भने सीमित अवसरमा भएका गोलहरू नै निर्णायक छन्।

लिग अंक तालिकामा बुटबल लुम्बिनी २ खेलमा ४ अंक बनाएर शीर्ष स्थानमा छ। त्यस्तै विराटनगर सिटी, धनगढी, काठमाडौं, पोखराको समान तीन अंक रहँदा चितवनको २ तथा ललितपुरको १ अंक छ।

पहिलो सिजनले नेपाली फ्रेन्चाइजमा अझै धेरै परिवर्तनको आभास दिलाएको छ तर भलै यस्तो अवस्थामा प्रतियोगिता आयोजना हुनु नै सकारात्मक मान्न सकिन्छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.