|

दाङ : कोरोना भाइरस संक्रमण तीव्र रुपमा बढेपछि दाङमा  शुक्रबारदेखि नौ दिन लकडाउन लगाइएको छ। बैशाख १७ गते बिहान ६ बजेदेखि बैशाख २५ गते साँझ ६ बजसेसम्म दाङ जिल्लाभर लकडाउन घोषणा गरिएको हो। 

लकडाउन अवधिभर अत्याआवश्यकबाहेकका सेवाहरू पूर्णरुपमा बन्द गरिएको छ। सरकारी कार्यालय र बैंक तथा वित्तीय संस्थाहरू पनि बन्द गरिएका छन्। अत्यावश्यकीय सामान खरिद बिक्रीका लागि बिहान ७ देखि ८ बजेसम्म पसल खुला गर्न पाइने प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिए। अत्यावश्यकीय सामान ढुवानीका लागि गाडीको प्रयोग गर्नुपर्ने भएमा जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्नेछ। 

खानेपानी, दुध, तरकारी, इन्धन, औषधि, विद्युत् आपूर्ति, टेलिफोन, फोहोरमैला व्यवस्थापन र पुशपन्छीको दानासँग सम्बन्धी कामलाई अत्यावश्यकीय सेवाअन्तर्गत राखिएको छ। पूर्व–पश्चिम राजमार्ग भएर दाङ हुँदै गुड्ने गाडीलाई यात्रु उठाउन र झार्न निषेध गरिएको छ। 

दाङमा बिहीवारसम्म कोरोना संक्रमणबाट ७३ जनाको मृत्यु भइसकेको छ। अहिले १ हजार १४१ जना संक्रिय संक्रमित छन्। कुल संक्रमितको संख्या ४ हजार २८५ पुगेको छ। जसमध्ये ३ हजार १.०६ जना निको भएको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.