|

जनकपुरधाम : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश लोक सेवा आयोगलाई कर्मचारी भर्ना प्रक्रिया अविलम्ब सुरु गर्न निर्देशन दिएका छन्।

प्रदेश लोकसेवा आयोगले गरि रहेको कामकाजबारे जानकारी लिने उद्देश्यका साथ आज जनकपुरधामस्थित मुख्यमन्त्री निवासमा आज बैठक बसेको थियो। आयोगले कर्मचारी भर्नासम्बन्धी क्यालेण्डर जारी गरेकोमा धन्यवाद दिँदै मुख्यमन्त्री राउतले क्यालेण्डरअनुसार नै भर्ना प्रक्रिया थाल्न निर्देशन दिएका हुन्। 

छलफलमा प्रदेश लोक सेवा आयोगका अध्यक्षलगायत पदाधिकारी एवं सचिवले आयोगले गर्दै आएको कामकाजबारे मुख्यमन्त्री राउतलाई ब्रिफिङ गरेको जानकारी मुख्यमन्त्रीका प्रेस संयोजक आतिश मिश्रले जानकारी दिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.